काठमाडौं। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलिया छोडनुपर्ने भएको छ । संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अष्ट्रेलियाबाट निर्वासनबाट बच्नको लागि गरेको माग दाबी सहितको अपील सर्वसम्मतिले अस्वीकार गरेका हुन् । प्रधानन्यायाधीश जेम्स एल्सपले भने, ‘अदालतको आदेश भनेको परिमार्जन गरिएको आवेदन खर्च सहित जोकोभिचको अपील खारेज गरिनुपर्छ ।’
यो निर्णयसँगै ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने बीबीसीले जनाएको छ । अदालतको निर्णयपछि जोकोभिचले आफू एकदमै निराश भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन् । उनले एक वक्तव्यमा भनेका छन्, ‘यो देशबाट म बाहिरिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नेछु,’ ।
किन भिसा रद्द भयो ?
शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्द गरेका थिए ।
अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन् । ज्यानुअरी ६ मा पहिलो पटक भिसा रद्द हुँदा जोकोभिचले गत सोमवार अदालतमा मुद्दा जितेका थिए । शनिवार जोकोभिचलाई पुनः हिरासतमा लिइएको थियो ।
अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता सोमवार सुरु हुँदै छ र जोकोचिचले पहिलो चरणमा सोमवार राति सर्बियाकै खेलाडीविरुद्ध खेल्ने तालिका थियो ।
अाईतबार, माघ २, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत