काठमाडौं । काठमाण्डौ महानगरपालिकाले शुक्रवारदेखि कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ । १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका ३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।
बिहिबार, असोज २१, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत