काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन सरकारलाई विभिन्न सुझाव दिएको छ ।
राष्ट्र बैंकले काठमाण्डौ उपत्यकासहितका मुख्य सहरमा चल्ने गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने, काठमाण्डौ उपत्यकाभित्रका सबै सरकारी र सार्वजनिक कार्यालय सञ्चालन हुने समय एक घण्टा थपेर हप्ताको पाँच दिन मात्रै खुलाउने, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा भन्सारसहितका कर बढाएर आयातमा निरुत्साहित गर्ने र विद्यमान अवस्था सुधार नभएसम्मका लागि कम्तीमा आउँदो असारसम्म आयातमा पूर्ण रोक लगाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।
यस्तै आयल निगमले पेट्रोलियम पदार्थको आयातलाई मासिक १२ देखि १३ अर्ब रुपैयाँमै सीमित गर्नुपर्ने, विद्युतको घरेलु उपयोग बढाउन महसुल घटाउने र विद्युतीय चुल्हो र उपकरण आयातमा सहुलियत दिएर एलपी ग्यासमा दिँदै आएको अनुदान हटाउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।
यस्तै राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तु आयातका लागि कर्जा नदिने, उच्च मूल्यका टीभी, मोबाइल, रक्सी लगायतको आयातलाई भन्सार शुल्क बढाएर निरुत्साहित गर्ने, पर्यटकको भिसा नवीकरण शुल्क, प्रवेश शुल्क, रोयल्टी जस्ता शुल्क अनलाइनबाटै तिर्ने व्यवस्था मिलाउने, विगतमा स्थगित भएको नेपाल भ्रमण वर्षका गतिविधि बढाउने, रेमिट्यान्स पठाउने र पाउने प्रक्रिया सहज र सरल बनाउने लगायतका सुझाव दिएको छ ।
अर्थतन्त्र समस्यामा पर्दै गएपछि सरकारले हप्तामा दुई सार्वजनिक बिदा दिनेदेखि आउँदो असारसम्म विदेशबाट गाडी रोक्नेसम्मका तयारी गरेको छ ।
बुधबार, चैत २३, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत