काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबा) भारत भ्रमणमा जाँदैछन् । देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा भारतीय समय अनुसार दिउँसो १ बेजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समय अनुसार शुक्रबार दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् ।
शनिबार देउवाले बिहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ । शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदार र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ ।
सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
आइतबार ९ बजे देउवा बाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् । बाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् । भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौँका लागि फर्कने कार्यतालिका रहेको छ ।
शुक्रबार, चैत १८, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत