काठमाडौं। आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १३औँ स्थानमा हरेको छ । यसअघि नेपाल १२औँ स्थानमा थियो ।
ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रन र तेस्रो खेलमा आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।
श्रृङ्खला जितेको यूएई १२औँ स्थानमा उक्लिएको छ । एसोसिएटबाट सबैभन्दा अगाडि रहेको युएईले १८७ रेटिङ पाएको छ । यस्तै नेपालले १८६ पाउँदा नेपालपछि १४ औं स्थानमा रहेको स्कटल्याण्डले १८५, १५औं स्थानमा रहेको आयरल्याण्डले १८४ रेटिङ पाएको छ । ओमान भने १८औं स्थानमा यथावत छ ।
वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका रहेका छन् ।
आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल, आयरल्यान्ड, यूएई र ओमानले ओमानमा चारदेशीय श्रृङ्खला खेलेका थिए ।
मङ्गलबार, फाल्गुण ३, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत