काठमाडौं। नेपालमा कोरोना संक्रमण भित्रिएयता सबभन्दा धेरै संक्रमित पुष्टि भएको छ । एकैदिन थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।
मङ्गलबार, माघ ४, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत