काठमाडौं (एजेन्सी) । उत्तर कोरियाले पूर्वसावधानीका नाममा उत्तेजित पार्ने काम गरे आणविक हतियार प्रयोग गर्ने दक्षिण कोरियालाई चेतावनी दिएको छ ।
उत्तर कोरियाले क्षेप्यास्त्रसहित हतियार परीक्षणलाई बढाइरहेका बेला दक्षिणप्रति यस्तो चेतावनी आएको हो ।
समाचार संस्था एपीका अनुसार उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जङले मंगलबार एक विज्ञप्ति जारी गर्दै धेरै निहुँ खोजे आणविक हतियारले दक्षिण कोरिया ध्वस्त पारिदिने चेतावनी दिएको हो ।
उक्त विज्ञप्ति कोरियन सेन्ट्रल न्युज एजेन्सीबाट सार्वजनिक भएको जनाइएको छ । विज्ञप्तिमा दक्षिण कोरियाका रक्षा मन्त्रीले हालै दिएको सावधानीका लागि हमला गर्न सकिने भन्ने अभिव्यक्ति दिवास्वप्न र पागलपन भएको उल्लेखे छ ।
किम जोङ उनको शासनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने उनकी बहिनी जङ तीन दिनमा दक्षिण कोरियाप्रति दोस्रो पटक खनिएकी हुन् । जङले कोरियाली प्रायद्वीपमा उत्तर कोरियाले अर्को युद्ध नचाहेको भए पनि आक्रमण भए आणविक हतियारले जवाफ दिने बताएकी छन् ।
मङ्गलबार, चैत २२, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत