काठमाडौं (एजेन्सी) । अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ ।
यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो ।
लामो समयको युद्धसँगै अफगानिस्तामा ठूलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै बताउदै आएको छ । तालिवानीमाथि प्रतिवन्दका कारण अफगानिस्तानमा जारी मानविय संकट झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ ।
२० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानीले गत महिना देश नियन्त्रणमा लिएको थियो ।
अाईतबार, असोज १o, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत