काठमाडौं । कुवेतको राष्ट्रिय सभाले बुधबार स्वास्थ्य सावधानी सम्बन्धी कानुनको संशोधनलाई अनुमोदन गर्दै सार्वजनिक स्थानमा स्वास्थ्य मापदण्ड सम्बन्धित नियम उल्लङ्घन गर्नेलाई हुने जरिवाना बापतको रकम घटाएको छ ।
कोरोना रोकथामका लागि लागू गरेका नियमहरूको उलङ्घन गरेमा हुने जरिवाना बापतको रकम ५ हजार कुवेती दिनारबाट ५० दिनार अर्थात् झण्डै २० हजार रुपैयाँ बनाएको हो । यो संशोधनले नियम उल्लङ्घनका ८ हजार मुद्दा समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको सांसद मोहनाद अल सायरले बताए ।
यस्तै, सभाले खोप नलगाएका नागरिकलाई पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाएमा मलहरूमा प्रवेश गर्न साथै उनीहरूले चाहेको देशमा यात्रा गर्न अनुमति पाउने भएका छन् । यस्तै कुवेतमा बसोबास गर्नेहरूलाई समय नलिएकाहरूलाई पनि कोरोनाको बुस्टर डोज खोप लगाउन भनेको छ ।
शुक्रबार, माघ २८, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत