काठमाडौं। गुगलले अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भित्राउने भएको छ । गुगलका सीईओ सुन्दर पिचाइले सोमबार एक घोषणा गर्दै कम्पनीले आउँदा पाँच वर्षभित्रमा अष्ट्रेलियामा एक अर्ब अष्ट्रेलियन डलर अर्थात् ७३ करोड ६० लाख अमेरिकी डलर लगानी गर्ने बताएका छन् ।
उक्त रकमको केही हिस्सा अष्ट्रेलियामा गुगलका पहिलो अनुसन्धान केन्द्र निर्माणमा खर्च गरिनेछ । त्यस्तै अष्ट्रेलियाको क्लाउड कम्प्युटर क्षेत्रको विकासमा पनि गुगलले सहयोग गर्नेछ ।
पिचाइका अनुसार गुगलले स्वच्छ ऊर्जा तथा ग्रेट ब्यारिएर रिफको संरक्षणको परियोजनालगायतमा पनि अष्ट्रेलियाको सरकारी निकायसँग साझेदारी गर्ने योजना बनाएको छ । त्यस्तै क्वान्टम कम्प्युटिङको क्षेत्रमा स्थानीय विश्वविद्यालयसँग सहकार्य गरिनेछ ।
स्मरण रहोस् अष्ट्रेलियामा गुगलको उपस्थिति दुई दशकदेखि रहँदै आएको छ र हाल दुई हजार स्थानीयलाई रोजगारी प्रदान गर्दै आएको छ । गुगलको एक अर्ब डलर लगानीले अष्ट्रेलियामा थप नयाँ रोजगारी सिर्जना गर्नुका साथै उन्नयनलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।
गुगलको उक्त कदमलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले समेत प्रसंसा गरेका छन् । गुगलको उक्त लगानी प्रतिबद्धतालाई एनले अष्ट्रेलियाको आर्थिक रणनीतिमा १ अर्ब विश्वासको मत भनेका छन् ।
बुधबार, मङ्सिर १, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत