काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले ‘नेपालमा लगानीको अवस्था र सम्भावना’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा शनिवार कोरियन समयअनुसार बेलुकी ८ बजे कार्यक्रम गरिने भएको हो ।
एनआरएनए प्रवक्ता सन्तोष खड्काअनुसार कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको पनि सहभागिता रहनेछ ।
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगरले कोरियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् । आयोजकले कार्यक्रमको बारेमा जानकारी लिन एनआरएनए कोरियाको फेसबुक पेजमा म्यासेज गर्न सक्ने छन् ।
बिहिबार, माघ २७, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत