काठमाडौं। मार्गशीर्षकृष्ण चतुर्दशीका दिन शुक्रबार दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।
त्रयोदशीको रातभर बिहीबार भक्तजनले पशुपतिलगायत देशभरका शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा अखण्ड महादीपदान गरेका थिए । त्रयोदशीको राति पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी, कैलाशडाँडा, हंशमण्डप, वाग्मती किनार र गौरीघाट क्षेत्रमा रातभर पितृको सद्गतिको कामना गर्दै बत्ती बालेर बसेका भक्तजनले आज बिहान शतबीज छरेका छन् ।
चतुर्दशीका दिन बिहान शतबीज छर्न भने खुला गरिएको थियो । कोरोना जोखिम कायमै रहेकाले राजधानीका अन्य शिवालयमा दूरी कायम गरी दीपदान गर्न बसेका भक्तजन पनि धेरै थिए । राजधानीलगायत देशभरका शिवालयमा बिहीबार बेलुका दीपदान र आज बिहान शतबीज छर्न भक्तजनको भीड लागेको थियो । कतिले घरमै पाञ्चायन पूजा गरिएको स्थानमा रातभर बत्ती बाली बिहान पशुपति क्षेत्र वा अन्य शिवालयमा गई शतबीज छरेका छन् ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।
शुक्रबार, मङ्सिर १७, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत