काठमाडौं। गत २४ घण्टामा देशभर थप ८६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी ८ हजार २१९ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, थप १ हजार १२३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७ लाख ६७ हजार ८१९ जना पुगेको छ । थप ९ जनाको मृत्यु गएसँगै अहिलेसम्म ज्यान जानेको संख्या ११ हजार १५७ जनाले ज्यान गुमाएका छन् । अहिले १७ हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
शनिवार, असोज १६, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत